बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

८ महिनापछि खुल्दै नेपाल–भारत हवाइ उडान, २ देशका नागरिक मात्रै यात्रा गर्न पाउने

८ महिनापछि खुल्दै नेपाल–भारत हवाइ उडान, २ देशका नागरिक मात्रै यात्रा गर्न पाउने

मेगा खबर संवाददाता

१६, मंसिर २०७७
  • 2.9K
    SHARES

  • ८ महिनापछि खुल्दै नेपाल–भारत हवाइ उडान, २ देशका नागरिक मात्रै यात्रा गर्न पाउने

     बन्द भएको आठ महिनापछि भारतीय र नेपाली नागरिक मात्रै यात्रा गर्ने गरी नेपाल–भारत अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

    कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नेपाल सरकारले ०७६ चैतबाट अन्तर्राष्ट्रिय उडान बन्द थियो ।

    सरकारले विदेशमा अलपत्र परेका नेपाली ल्याउने भन्दै खाडी देशमा भदौमै नियमित उडान खोले पनि भारतमा भने उडान खुल्ला गरेको थिएन ।

    भारतले नेपाली र भारतीयलाई मात्रै यात्रा गर्न दिने गरी (एयर बबल्स) उडान गर्न नेपाललाई प्रस्ताव गरेको थियो ।

     उडान बन्द भए पनि लामो समयपछि भारत र नेपालबीच आउजाउ भने सडकमार्गको बाटोबाट भइरहेको यियो । सरकारले अरु देशका नागरिकलाई हवाइ यात्रा गर्न दिने तर भारतमा भएका नेपालीलाई हवाइ उडान गर्न नदिएको भन्दै विरोध हुँदै आएको छन्  ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको प्रस्तावअनुसार उडान गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। लामो समय रोकेर राखेको प्रस्ताव मंसिर १० गते मन्त्रिपरिषद्ले पारित गरेको छ ।

    मन्त्रिपरिषद्ले पारित गरेको निर्णय सोमबारमात्रै उड्डयन मन्त्रालयमा आइपुगेको छ। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उडान खोल्न अनुमति दिएपछि उडानको प्रक्रिया अघि बढ्नेछ ।

    ‘मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आइपुगेको जानकारी पाएको छु’, प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले मेगाखबर सँग भने, ‘मन्त्रालयले कति उडान गर्न दिने भन्ने पत्र हामीलाई पठाउँछ । हामी त्यसै अनुसार एयरलाइन्सलाई सूचना पठाउँछौँ।’

    उनले प्राधिकरणमा मंगलबार पत्र आए सबै तयारी गरेर एक हप्तामा नेपाल–भारत उडान गर्न सकिने बताए। भारतले नियमित उडान भने डिसेम्बर अन्तिम सम्म रोकेको बताए ।

    हाल दैनिक दुई उडान मात्रै गर्ने,
    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालको लागि दैनिक दुई उडान मात्रै गर्ने बताएका छन् । नेपाल वायुसेवा निगमको एक र भारतीय एयरलाइन्सले एक उडान गर्ने गरी अनुमति दिइने मन्त्रालयले बताएको छ ।

    नियमित उडान नखुल्दासम्म तेस्रो देशका नागरिक भने आउजाउ गर्न पाउनेछैन न्। स्वास्थ्य मापदण्ड पालना गर्दै नेपालीहरु भारत र भारतीय नेपाल आउन भने कुनै रोक लगाइनेछैन ।

    नेपाल–भारतबीच ठूलो व्यापारिक कारोबार हुने हुँदा व्यावसायिक कामको लागि आउजाउ गर्नेलाई समेत अप्ठ्यारो परेको थियो । त्यसको अलावा रोजगारी तथा अध्ययन गर्न जाने विद्यार्थी पनि उडान बन्दीको मारमा छन् ।

    नेपाल एयरलाइन्सले काठमाडौंबाट भारतको तीनवटा सहर राजधानी नयाँ दिल्ली, मुम्बई र बेंगलोरमा उडान गर्दै आएको थियो । 

    शहरमा नियमित उडान गर्दै आएकोमा सुरुमा काठमाडौं -दिल्लीउ डान मात्रै हुने  बताए ।

    मंगलवार, मंसिर १६ २०७७०१:४२:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार