बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान

मेगा खबर संवाददाता

१३, मंसिर २०७७
  • 3.0K
    SHARES

  • कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान

    कैलाली ।  कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन ।  गत कार्तिक ८ गते जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ६ जना जिल्ला अदालतको आदेशपछि कारागार चलान भएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बलात्कार आरोपमा पक्राउ परेका जानकी गाउँपालिका वडा नम्बर ५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरी पुर्पक्षका लागि कारागार चलान भएको  जानकारी दिए । 

    उनका अनुसार सामूहिक बलात्कार आरोपमा पक्राउ परेका मध्ये कृष्ण नगरकोटी र सत्यम रावललाई भने बाल सुधार गृहमा राखिएको छ । ६ जना पुर्पक्षका लागि कारागार र २ जना बाल सुधार गृह पठाइएको भएपनि एकजना भने अझै फरार छन । 

    इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानले फरार रहेका चन्द्र शाहीको खोजी कार्य जारी राखिएको बताए । 

    शनिवार, मंसिर १३ २०७७१२:२३:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार