बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जोखिममा रहेका वस्तीहरु भौगर्भिक अध्ययन हुँदै सिन्धुपाल्चोक

जोखिममा रहेका वस्तीहरु भौगर्भिक अध्ययन हुँदै सिन्धुपाल्चोक

शान्ता आचार्य

१२, मंसिर २०७७
  • 3.6K
    SHARES

  • जोखिममा रहेका वस्तीहरु भौगर्भिक अध्ययन हुँदै सिन्धुपाल्चोक

    सिन्धुपाल्चोकका जोखिम बस्ती सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको  भौगर्भिक अध्ययन आज देखि सुरु हुने भएको छ ।

    यसमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ र बोल्देका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ भवन जिल्लाका इन्जिनीयर सन्तोष निरौलाले जानकारी दिएका छन् ।  

    पहिरो गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले आजदेखि काम सुरु गर्न लागेका छन् ।  यस वर्ष सिन्धुपाल्चोकमा लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गरेका थिए।

    संघ र जिल्लामा उनले फरकफरक बैठक आयोजना गरी भौगर्भिक अध्ययन र विस्थापित बस्तीको पुनःनिर्माणका लागि लगातार पहल गरेका हुन् । 

    भौगर्भिक अध्ययन गर्न जाने टोलीले सुरुमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायत सँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्ने बताएका छन् ।

    सिन्धुपाल्चोक जिल्लाको पहिरोग्रस्त क्षेत्र बाह्रविसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको अध्ययन गरिने बताएका छन्  

    शुक्रवार, मंसिर १२ २०७७०६:४७:५०
    सम्बन्धित समाचार