बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पदाधिकारीलाई प्रवेश निषेध वीर अस्पतालमा

पदाधिकारीलाई प्रवेश निषेध वीर अस्पतालमा

शान्ता आचार्य

९, मंसिर २०७७
  • 2.5K
    SHARES

  • पदाधिकारीलाई प्रवेश निषेध वीर अस्पतालमा

    काठमाडौं, विगत ३६ दिनदेखि आन्दोलनरत वीर अस्पतालका कर्मचारीले निर्देशकलागयत पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन् । 

    मुलुककाे जेठाे र पुरानाे अस्पतालका कर्मचारी गुणस्तरीय सुरक्षा सामग्री, तलब र जोखिम भत्ताको माग राखेका हुन् । 

    माग सम्बोधन नगरेको भन्दै कर्मचारीले अस्पतालका निर्देशक लगायत पदाधिकारीलाई अस्पताल प्रवेश गर्न दिएका छैनन् । 

    अस्पताल पदाधिकारीहरुलाई यसअगाडि पनि अस्पताल प्रवेशमा रोक लगाएपछि प्रशासनले सोमबार आन्दोलनरत कर्मचारीलाई वार्तामा बोलाएको हुन्  ।

     अस्पताल प्रशासनले वार्तामा कर्मचारीका माग सम्बोधन गर्ने प्रयास नगरेको वीर अस्पताल ट्रेड युनियन तथा पेसागत संगठनका सचिव दीपक मुडभरीले जानकारी दिएका छन् ।

     प्रशासनले अब पनि कुनै पहल नगरे वीर अस्पतालमा इमर्जेन्सी बाहेक अन्य सेवा बन्द गर्ने चेतावनी युनियनले दिए । अस्पतालका स्वास्थ्यकर्मीहरूले दैनिक बिहान १० बजेदेखि १२ बजे सम्म धर्ना, नारा, जुलुसलगायतका गतिविधि गर्दै आएका छन्।
     

    मंगलवार, मंसिर ९ २०७७०२:३६:५२
    सम्बन्धित समाचार