बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

'ग्रुप च्याट' मा आक्रोशित जवाफ फर्काउने एन्फा ललितपुर अध्यक्ष निलम्बित

'ग्रुप च्याट' मा आक्रोशित जवाफ फर्काउने एन्फा ललितपुर अध्यक्ष निलम्बित

  • 1.6K
    SHARES

  • 'ग्रुप च्याट' मा आक्रोशित जवाफ फर्काउने एन्फा ललितपुर अध्यक्ष निलम्बित

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बन गरेको छ।

    थापालाई एन्फाको विधान विपरितका गतिविधि गरेको भन्दै आगामी साधारणसम्मका लागि निलम्बन गरिएको हो।

    एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार उनलाई जेठ ५ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको हो। एन्फाले थापाको स्थानमा ललितपुरका महासचिव प्रविण श्रेष्ठलाई कार्यभार दिइएको छ।

    थापाले गत वैशाख २२ मा एन्फा दिवसको दिन भाइबर ग्रुपमा आक्रोशित जवाफ दिएका थिए। एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले ए, बी र सी डिभिजन क्लबहरुको भाइबर ग्रुपमा एन्फा दिवसको शुभकामना दिएकोमा उनले असन्तुष्टि जनाउँदै 'आज एन्फा दिवस होइन। चोरहरूको श्री गणेश डे हो।' भनेका थिए।

    मंगलवार, जेठ ६ २०७७११:२०:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार