बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बाराबाट भन्सार छलीगरि भित्र्याएको ४८ लाख मुल्य बराबरको समान बरामद

बाराबाट भन्सार छलीगरि भित्र्याएको ४८ लाख मुल्य बराबरको समान बरामद

मेगा खबर संवाददाता

४, मंसिर २०७७
  • 2.2K
    SHARES

  • बाराबाट भन्सार छलीगरि  भित्र्याएको ४८ लाख मुल्य बराबरको समान बरामद

          बाराका विभिन्न सिमा नाकाबा प्रहरीले करिब साढे ४८ लाख मूल्य बराबरको समान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय जितपुर र सिम्रौनगढबाट खटिएको दुई वटा टोलीले ४८ लाख ६१ हजार मूल्य बराबरको भन्सार छलीका विभिन्न समान तथा सवारी साधन बरामद गरी आवश्यक कारवाहीको लागि  वीरगंज भन्सार कार्यालयमा पठाएको डिएसपि गौतमले मेगाखबर लागि बताए ।

    पर्सा र बाराको ग्रामीण नाकाबाट चाडपर्वको बेला विभिन्न समानको तस्करी तीव्र रुपमा हुने गरेको छ

     प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार दशैं, तिहार तथा छठको विभिन्न समयमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्र्याएको थान तथा रेडिमेड कपडा, किराना मालसामान एवं ती समान भित्र्याउन  प्रयोग गरेको प्र.३–०१–०२२ च ७०७० नं. को कार एक थान, मोटरसाइकल एक थान गरी कुल ४८ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको समान तथा दुई जना व्यक्तिलाई समेत पक्राउ गरी हिजो वीरगंज भन्सार कार्यालय पर्सामा बुभाएको हुन् ।

     

    बिहिवार, मंसिर ४ २०७७११:०४:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार