बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डा. गोबिन्द केसीलाई कोरोना : रुघाखोकी , ज्वरो , स्वाश प्रश्वासमा समस्या

डा. गोबिन्द केसीलाई कोरोना : रुघाखोकी , ज्वरो , स्वाश प्रश्वासमा समस्या

शान्ता आचार्य

३०, कार्तिक २०७७
  • 2.5K
    SHARES

  • डा. गोबिन्द केसीलाई कोरोना : रुघाखोकी , ज्वरो , स्वाश प्रश्वासमा समस्या

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता समेत रहेका डा. गोबिन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    कोरोनाको शंका लागेपछि हिजो गरिएको पीसीआर परीक्षणमा  रिपोर्ट पोजेटिभ आएको हो ।

    डा. केसीलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्।

    “केही लक्षण देखा परेपछि (बिहीबार) पीसीआर परीक्षण गर्नुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ। उहाँमा रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ। स्वाश प्रश्वासमा समस्या पनि देखिएको छ,” सुवेदीले भने, “उहाँलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। थप स्वास्थ्य परीक्षण भइरहेको छ।”

    रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। 

    आइतवार, कार्तिक ३० २०७७०८:२५:३७
    सम्बन्धित समाचार