बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कारागारका कैदीलाई पुस्तक उपलब्ध

कारागारका कैदीलाई पुस्तक उपलब्ध

मेगा खबर संवाददाता

२६, कार्तिक २०७७
  • 2.3K
    SHARES

  • कारागारका कैदीलाई पुस्तक उपलब्ध
    डडेल्धुरा । जिल्ला कारागारभित्रको पुस्तकालयका लागि नेपाल प्रेस युनियन डडेल्धुराले पुस्तक उपलब्ध गराएको छ । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि किताब उपलब्ध गराइएको हो ।
     
    बुधबार कारगारमै पुगी प्रेस युनियनका पदाधिकारीहरुले किताब कारागारलाई उपलब्ध गराएको थियो । कानूनसम्बधीका पुस्तकसँगै प्रेरणादायक, जीवनोपयोगी पुस्तक र भलिबल, नेट उपलब्ध गराइएको नेपाल प्रेस युनियन डडेल्धुरा शाखा सचिव पुष्कर भण्डारीले बताए ।
     
    कानुनसम्बन्धी जानकारी र कैद भुक्तान गरिसकेपछि सामान्य जीवनमा उपयोगी किताबहरु कारागारलाई उपलब्ध गराइएको उनले बताए। यसले ज्ञानआर्जनका साथै खाली समय व्यतित गर्न कैदीबन्दीहरु सहज हुने छ । बजेट अभावका कारण भौतिक पूर्वाधारलगायत कानूनप्रदत्त विषयवस्तुहरुको पूर्ति नभएको अवस्थामा किताब र खेल सामग्रीले कारागार कार्यालयको सेवा प्रवाहमा सहयोग पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले बताए ।

    बुधवार, कार्तिक २६ २०७७०६:४६:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार