काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पहिलोपटक धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँमा विज्ञ चिकित्सक र प्राविधिकको टोली लिएर बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल जाँदैछन् ।
मन्त्री दुलालको गृहजिल्ला समेत रहेको सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ९ राम्चे निवासी सुत्केरी महिलाको बिहीबार राति निधन भएको थियो । उनको मृत्यु कोरोना भाइरसको कारण भएको शनिबार पुष्टि भइसकेको छ । महिलाको मृत्यु भएसँगै थप संक्रमण फैलिन नदिनका लागि जोखिमको क्षेत्र पहिचान गर्न स्वास्थ्य सामग्री र विज्ञ चिकित्सकको टोली लिएर मन्त्री दुलाल मृतक महिलाको गाउँ जान लागेका हुन् । मन्त्री दुलालका अनुसार मृतक महिलाको ‘कन्ट्याक ट्रेसिङ’ लिने काम भइरहेको छ ।
मन्त्री दुलालले थप संक्रमण फैलिन नदिनका लागि आफूहरुले पहल गरिरहेको समेत बताए । ‘मृतक महिलाको कन्ट्याक ट्रेसिङ प्रभावकारी ढंगबाट गर्छौ, अनि स्वाब संकलन थालिहाल्छौ’ उनले भने ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।