काठमाडौं – शनिबार कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि र संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने तयारी गरिएको हो । यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको बैठकमा सीमानाकामा अझ कडाइ गरिने तथा प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
भारतमा लकडाउन खुकुलो बनाइएकाले सीमानामा नेपालीहरू आएर अलपत्र परिरहेको सन्दर्भमा उक्त विषयमा पनि आवश्यक निर्णय हुन सक्ने बताइएको छ । संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत आइसकेको परिप्रेक्षमा प्रवासमा रहेका नेपालीहरु पनि ल्याउने विषय छलफलको एजेण्डा हुन सक्ने ती मन्त्रीले बताएका छन् ।
सरकारले नेपालमा गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउनपछि पनि नेपालमा कोरोना भाइरसको संक्रमण रोकिएको छैन । लकडाउन सुरू भएको ५५ औं दिनमा २९१ जना पुगेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।