काठमाडौँ, रातो टीका, पहेँलो जमरा र मान्यजनको आशीर्वाद । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ ।
आज घरघरमा मान्यजनबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र आफन्तसँग खुसी साटासाट गर्ने परम्परा छ । दसैँको यो विशेष दिनले टाढिएका परिवारलाई नजिक ल्याउनुका साथै आपसी प्रेम, सद्भाव र एकताको सन्देश दिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन र बिहान १० बजेर २६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको छ ।
धार्मिक मान्यता अनुसार विजयादशमी असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीक हो। देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको सम्झनामा मनाइने यस पर्वमा टीका र जमरालाई सुख, समृद्धि र सौभाग्यको प्रतीकका रूपमा ग्रहण गरिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।