काठमाडौँ, टीका र जमरासहित मान्यजनबाट आशीर्वाद लिने क्रमलाई विश्राम दिँदै नेपालीको महान् पर्व बडादसैँ आज समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका अवसरमा आज साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ ।
धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात पृथ्वी भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बस्नेको घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् ।
आजै नवदुर्गाको प्रसादस्वरूप लगाइने टीका र जमरा विसर्जन गर्ने परम्परा छ। जमरालाई नजिकको नदी, तलाउ वा पोखरीमा लगेर सेलाइन्छ ।
नवरात्र विजयादशमीकै दिन समाप्त भए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमासँगै समापन हुन्छ । यससँगै १५ दिन लामो बडादसैँ पर्वलाई बिदाइ गरिन्छ ।
यसपछि कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदानको क्रम सुरु हुने धार्मिक परम्परा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।