मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

वनकाली माई मन्दिरमा पूजा, दर्शन तथा बलिसम्बन्धी नयाँ व्यवस्था लागू

वनकाली माई मन्दिरमा पूजा, दर्शन तथा बलिसम्बन्धी नयाँ व्यवस्था लागू

मेगा खबर संवाददाता

३, कार्तिक २०८३
  • 886
    SHARES

  • वनकाली माई मन्दिरमा पूजा, दर्शन तथा बलिसम्बन्धी नयाँ व्यवस्था लागू

    सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ स्थित श्री वनकाली माई मन्दिरमा पूजा,दर्शन तथा बलि व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ नियम लागू गरिएको छ ।

    वनकाली मन्दिर संरक्षण समितिका अनुसार यस वर्षदेखि मन्दिरभित्र पूजा तथा दर्शन मात्र गर्न पाइने व्यवस्था गरिएको छ । मूल पूजाबाहेक अन्य बलि दिने कार्य मन्दिर परिसरबाहिर तोकिएको स्थानमा मात्र गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

    समितिले सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरूलाई तोकिएका नियम तथा व्यवस्थाको अनिवार्य रूपमा पालना गर्न अनुरोध गरेको छ । मन्दिरको धार्मिक वातावरण,शान्ति र सुव्यवस्था कायम राख्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको समितिले जनाएको छ ।

    नयाँ व्यवस्थाका कारण भक्तजन तथा दर्शनार्थीहरूलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै समितिले सबैलाई नियमको पालना गरी मन्दिरको धार्मिक मर्यादा र व्यवस्थापन कायम राख्न सहयोग गरिदिनुहुन विनम्र अनुरोध गरेको छ ।

    सोमवार, कार्तिक ३ २०८३०८:२५:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार