मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

दसैँको टीका लगाउने क्रम जारी, आफन्तको घरमा बढ्यो चहलपहल

दसैँको टीका लगाउने क्रम जारी, आफन्तको घरमा बढ्यो चहलपहल

मेगा खबर संवाददाता

८, कार्तिक २०८३
  • 406
    SHARES

  • दसैँको टीका लगाउने क्रम जारी, आफन्तको घरमा बढ्यो चहलपहल

    काठमाडौँ, बडादसैँको रौनक अझै घटेको छैन । विजयादशमीको दिन टीका लगाउन नभ्याएका र छुटेका आफन्तहरू यतिबेला मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद लिन व्यस्त छन् ।

    टीकाको चौथो दिन आज पनि घरघरमा टीका लगाउने, आशीर्वाद लिने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी छ । दसैँका बेला टाढिएका परिवारजनसँग भेट्ने र पुराना सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रूपमा यस पर्वलाई लिने गरिन्छ ।

    नेपाली परम्पराअनुसार विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्छ । यस अवधिमा मान्यजनबाट आशीर्वाद लिने तथा परिवार र आफन्तबीच सुखदुःख साटासाट गर्ने चलन छ ।

    टीका लगाउन आफन्तको घर जाने र आउनेहरूको चहलपहल बढेसँगै सहरका सडक तथा बजारमा पनि दसैँको रौनक देखिएको छ ।

    यता, दसैँ मनाउन सहरबाट गाउँ गएकाहरू फर्किने क्रम पनि बढ्न थालेको छ । चाडपर्व मनाएर आ–आफ्नो काम र गन्तव्यमा फर्किने यात्रुका कारण सडक तथा यातायातमा चहलपहल थपिँदै गएको छ ।

    शनिवार, कार्तिक ८ २०८३०७:५९:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार