मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

ओशो तपोवनको स्पष्टोक्ति : व्यक्तिगत जीवन र संस्थागत गतिविधिलाई नजोड्न आग्रह

ओशो तपोवनको स्पष्टोक्ति : व्यक्तिगत जीवन र संस्थागत गतिविधिलाई नजोड्न आग्रह

मेगा खबर संवाददाता

२, कार्तिक २०८३
  • 1.0K
    SHARES

  • ओशो तपोवनको स्पष्टोक्ति : व्यक्तिगत जीवन र संस्थागत गतिविधिलाई नजोड्न आग्रह

    काठमाडौं,ओशो तपोवनले संस्थाको नाम जोडेर व्यक्तिका निजी विषय तथा व्यक्तिगत घटनासँग सम्बन्धित सामग्री प्रसारण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा ध्यान, साधना र सामाजिक सद्भावमा समर्पित संस्थाले त्यहाँ आउने ओशो सन्यासी, साधक तथा प्रेमीहरूको व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको सम्मान गर्ने स्पष्ट पारेका छन् ।

    विज्ञप्तिमा तपोवनले कसैको निजी जीवनमा हस्तक्षेप नगर्ने उल्लेख गर्दै संस्थासँगको आस्था वा आवागमनका आधारमा व्यक्तिका निजी सम्बन्ध, व्यवहार वा विवादलाई संस्थासँग जोड्नु उचित नहुने बताइएको छ ।

    व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको सम्मान गर्न आग्रह

    ओशो तपोवनले व्यक्तिगत विषय र संस्थागत भूमिकाबीचको भिन्नतालाई सम्मान गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। संस्थाका अनुसार कुनै व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयलाई संस्थाको गतिविधि वा आधिकारिक धारणाका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुँदैन ।

    त्यसैगरी, प्रमाणित तथ्यका आधारमा मात्र सूचना सम्प्रेषण गर्न र अपुष्ट सूचनाका आधारमा धारणा नबनाउन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

    संस्थाले सार्वजनिक सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सामग्री प्रकाशित वा प्रसारित गर्दा तथ्यको पुष्टि गर्न र व्यक्तिको निजी जीवन तथा संस्थागत मर्यादाबीचको सीमालाई ध्यान दिन आग्रह गरेको छ ।

    प्रवक्ता भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा व्यक्तिगत विषयलाई संस्थासँग अनावश्यक रूपमा जोडेर प्रस्तुत नगर्न र अपुष्ट सूचनाबाट भ्रम सिर्जना हुन नदिन सबैमा विनम्र अनुरोध गरिएको छ ।

    आइतवार, कार्तिक २ २०८३०८:१५:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार