मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

दसैँमा खसीको मासु किन्नै मुस्किल ! किलोमै २०० रुपैयाँसम्म बढ्ने

दसैँमा खसीको मासु किन्नै मुस्किल ! किलोमै २०० रुपैयाँसम्म बढ्ने

मेगा खबर संवाददाता

२९, आश्विन २०८३
  • 835
    SHARES

  • दसैँमा खसीको मासु किन्नै मुस्किल ! किलोमै २०० रुपैयाँसम्म बढ्ने

    काठमाडौ, दसैँमा खसीको मासु खाने योजना बनाउनुभएको छ ? यसपालि तपाईंको भान्साको बजेट बढ्ने भएको छ । काठमाडौँ उपत्यकामा जिउँदो खसीको मूल्य प्रतिकिलो ९ सय रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।

    गत वर्ष प्रतिकिलो ७५० रुपैयाँसम्ममा पाइने खसीको मूल्य यस वर्ष ८५० देखि ९०० रुपैयाँसम्म पुग्ने देखिएको छ । यसको असर तयारी मासुमा समेत पर्नेछ । अहिले नै बजारमा खसीको मासु प्रतिकिलो १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।

    खसीबोकाको उत्पादन घट्नु र बाढीपहिरोले सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या आउनु मूल्य बढ्नुका मुख्य कारण रहेको चौपाया खरिद–बिक्री केन्द्रले जनाएको छ ।

    यता,च्याङ्ग्राको मूल्य भने गत वर्षकै हाराहारीमा छ । यस वर्ष दसैँका लागि उपत्यकामा २२ देखि २३ हजार खसीबोका र करिब ४ हजार च्याङ्ग्रा भित्र्याउने तयारी गरिएको छ ।

    बिहिवार, आश्विन २९ २०८३०४:३५:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार