मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

दसैँ–तिहार सुरक्षामा ५० हजार प्रहरी, ठगीदेखि लुटपाटसम्म निगरानी

दसैँ–तिहार सुरक्षामा ५० हजार प्रहरी, ठगीदेखि लुटपाटसम्म निगरानी

मेगा खबर संवाददाता

२७, आश्विन २०८३
  • 361
    SHARES

  • दसैँ–तिहार सुरक्षामा ५० हजार प्रहरी, ठगीदेखि लुटपाटसम्म निगरानी

    काठमाडौं, दसैँ, तिहार र छठलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजार ४५८ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगीदेखि अनलाइन अपराधसम्म नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

    प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार यात्रुको सुरक्षा र सार्वजनिक यातायात व्यवस्थापनलाई प्राथमिकता दिँदै देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् । अन्तर्राष्ट्रिय सीमानाकाका १०८ स्थानमा हेल्प डेस्कसमेत सञ्चालनमा ल्याइएको छ ।

    उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको अनुमतिपत्र, मादक तथा लागुपदार्थ सेवन, यात्रुको संख्या र सवारीको यान्त्रिक अवस्था जाँच गरिनेछ । लामो दूरीका सवारीमा दुई जना चालक भए–नभएको पनि परीक्षण गरिने प्रहरीले जनाएको छ ।

    चाडपर्वमा अनलाइन ठगी, बैंकिङ अपराध, जुवातास, बेटिङ र लुटपाट नियन्त्रण गर्न बजार, बसपार्क, विमानस्थल तथा धार्मिक स्थलमा निगरानी बढाइनेछ । सुरक्षा व्यवस्थाका लागि सीसीटीभी, ड्रोन र अन्य आधुनिक प्रविधिसमेत प्रयोग गरिनेछ ।

    प्रहरीले अनलाइन उपहारको प्रलोभनमा नपर्न र कसैलाई पनि आफ्नो ओटीपी, पिन तथा पासवर्ड नदिन आग्रह गरेको छ ।

    मंगलवार, आश्विन २७ २०८३०३:५६:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार