काठमाडौं,दसैं नजिकिँदै गर्दा खाना पकाउने ग्यास लिन काठमाडौंको सिफलमा उपभोक्ताको लामो लाइन लागेको छ ।
सोमबार बिहानैदेखि उपभोक्ताले खाली सिलिन्डर लाइनमा राखेका छन् । केही उपभोक्ता भने बिहान ४–५ बजेदेखि नै ग्यासका लागि लाइनमा बसेको बताएका छन् । अहिलेसम्म करिब ५ सय सिलिन्डर लाइनमा राखिएको छ ।
सिफलमा दिउँसो १२ बजेपछि सिलिन्डर बोकेका ट्रक आएपछि ग्यास वितरण सुरु गरिएको हो । यहाँ कुनै पनि कम्पनीको सिलिन्डर अतिरिक्त शुल्कबिना साट्न सकिने व्यवस्था गरिएको छ ।
दसैंमा ग्यास अभाव हुन नदिन नेपाल आयल निगमको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न वितरण केन्द्रबाट ग्यास बिक्री भइरहेको छ । यो व्यवस्था फुलपातीसम्म लागू हुने जनाइएको छ ।
यद्यपि, जुनसुकै कम्पनीको सिलिन्डर साट्न मिल्ने भनिए पनि केही उद्योगले आफ्नै ब्रान्डको सिलिन्डर मात्र साट्न मानेको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।