काठमाडौँ, दसैँमा घर फर्किने यात्रुको चाप बढेसँगै लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । बुकिङ खुला भएसँगै काठमाडौँको नयाँ बसपार्कमा टिकट लिन यात्रुहरूको लामो लाइन देखिएको छ ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
निर्णयअनुसार आजदेखि यात्रुले आफ्नो घर जाने गन्तव्यका लागि अग्रिम टिकट लिन थालेका हुन् । दसैँ नजिकिँदै जाँदा आगामी दिनमा बसपार्कमा यात्रुको चाप अझ बढ्ने अपेक्षा गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।