काठमाडौँ, आकर्षक तलबमा विदेश पठाइदिने प्रलोभन देखाएर बेरोजगार युवायुवतीबाट रकम असुली ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पीडितको जाहेरीका आधारमा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । विदेश पठाउने भन्दै लामो समय झुक्याएर रकम लिएपछि सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा धनुषाका योगेन्द्र राउत यादव,भक्तपुरकी एलिसा अधिकारी,दार्चुलाका हरिस सिंह महरा र बाराका राजेश प्रसाद जयसवाल छन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।