बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दसैँका लागि भारतबाट फर्किने नेपालीको लर्को, ५ दिनमै ५० हजार नेपाल भित्रिए

दसैँका लागि भारतबाट फर्किने नेपालीको लर्को, ५ दिनमै ५० हजार नेपाल भित्रिए

मेगा खबर संवाददाता

२०, आश्विन २०८३
  • 442
    SHARES

  • दसैँका लागि भारतबाट फर्किने नेपालीको लर्को, ५ दिनमै ५० हजार नेपाल भित्रिए

    नेपालगञ्ज, दसैँ नजिकिएसँगै भारतबाट स्वदेश फर्किने नेपालीको चाप ह्वात्तै बढेको छ । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै पछिल्लो पाँच दिनमा मात्रै ५० हजारभन्दा बढी नेपाली दसैँ मनाउन घर फर्किएका छन् ।

    इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार अहिले बिहानदेखि साँझसम्मै भारतबाट फर्किने नेपालीको लर्को लाग्ने गरेको छ । दैनिक १० हजारभन्दा बढी नेपाली जमुनाह नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् ।

    भारतका नयाँ दिल्ली, मुम्बई, हिमाञ्चल प्रदेशलगायतका सहरमा रोजगारीका लागि गएका नेपाली दसैँ मनाउन घर फर्किरहेका हुन् । यात्रुको चाप बढेसँगै सीमावर्ती क्षेत्रमा हुन सक्ने लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

    भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन जमुनाह नाकामा यात्रु सहायता कक्ष सञ्चालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना, समन्वय र सहयोग उपलब्ध गराइनेछ ।

    प्रहरीका अनुसार भारतबाट फर्किने यात्रुको चापलाई लक्षित गर्दै नेपालगञ्ज र कोहलपुर बसपार्कमा पनि मङ्गलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताए ।

    मंगलवार, आश्विन २० २०८३१२:१३:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार