बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

मेगा खबर संवाददाता

१८, आश्विन २०८३
  • 382
    SHARES

  • पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

    काठमाडौँ, देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा आज बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी र मनसुनी वायुको आंशिक प्रभावका कारण विभिन्न प्रदेशमा मौसम बदली भएको हो ।

    हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ । गण्डकीका केही तथा कोशीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । यी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    राति पनि पहाडी तथा तराई क्षेत्रमा सामान्य बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही तराई क्षेत्रमा मध्यमसम्म वर्षा हुन सक्नेछ । साथै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ ।

    आइतवार, आश्विन १८ २०८३०७:३७:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार