बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना,तराईमा हुस्सु लाग्ने

आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना,तराईमा हुस्सु लाग्ने

मेगा खबर संवाददाता

१६, आश्विन २०८३
  • 382
    SHARES

  • आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना,तराईमा हुस्सु लाग्ने

    काठमाडौँ, देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले अहिले देशभर आंशिक बदली छ भने बागमती प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । अन्य प्रदेशका हिमाली तथा पहाडी भूभाग र तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

    कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

    आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीसँगै बिहानीपख हुस्सु लाग्ने सम्भावना छ ।

    रातिको समयमा कोशीका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शुक्रवार, आश्विन १६ २०८३०७:२५:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार