बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति

मेगा खबर संवाददाता

१५, आश्विन २०८३
  • 334
    SHARES

  • दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई प्रसाईंमाथि थप अनुसन्धान गर्न अनुमति दिएको हो ।

    बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले प्रसाईंलाई उपस्थित गराउन आदेश दिएपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।

    प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनीमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

    प्रसाईंले युट्युबमार्फत सांसद खतिवडाले छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप छ ।

    बिहिवार, आश्विन १५ २०८३०५:२७:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार