बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौंका यी क्षेत्रमा १० दिनसम्म बिजुली कटौती हुँदै

काठमाडौंका यी क्षेत्रमा १० दिनसम्म बिजुली कटौती हुँदै

मेगा खबर संवाददाता

१५, आश्विन २०८३
  • 373
    SHARES

  • काठमाडौंका यी क्षेत्रमा १० दिनसम्म बिजुली कटौती हुँदै

    काठमाडौँ, भूमिगत विद्युत् लाइन सञ्चालन तथा हिउँदको लोड व्यवस्थापनका लागि काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज १५ देखि २६ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सतुंगल, मच्छेगाउँ, मुलपानी, गर्जुधारा, बलम्बु, कोटेश्वर–बालकुमारी, सिफल, धौलागिरी आवास र धोबीखोलालगायत क्षेत्रमा पालैपालो विद्युत् कटौती गरिनेछ ।

    भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक काम गरिने भएकाले लाइन काट्न लागिएको हो। मौसम प्रतिकूल भए निर्धारित कटौती भने नहुने प्राधिकरणले जनाएको छ ।

    बिहिवार, आश्विन १५ २०८३०७:४९:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार