काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली रहने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। दिउँसो हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लाग्ने तथा तराईमा आंशिक बदली रहनेछ ।
कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकीका हिमाली–पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।