काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशका केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । दिउँसो कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ ।
राति कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । ती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।