काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहँदा देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ ।
यसको प्रभावले हिमाली क्षेत्रमा आंशिक बदली तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । देशका अन्य क्षेत्रमा भने आंशिक बदली रहनेछ ।
आज राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।