काठमाडौँ, आफ्नो कार्यालयमा लामो समयदेखि गैरहाजिर रहेका ९ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले सोमबार सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन भनेको हो ।
खोजतलास तथा सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएका उनीहरूलाई गैरहाजिर हुनुको चित्तबुझ्दो कारणसहित अन्तिम सफाइको मौका दिइएको महाशाखाले जनाएको छ ।
तोकिएको समयभित्र हाजिर नभए प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
गैरहाजिर हुनेमा नेपाल प्रहरी अस्पताल, जिल्ला प्रहरी कार्यालय सुनसरी, सोलुखुम्बु, स्याङ्जा, नक्साल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,कोशी तथा बागमती प्रदेश प्रहरी गण र कपिलवस्तुमा कार्यरत प्रहरी कर्मचारी रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।