बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौंमा हुस्सु, तीन दिन ठूलो वर्षाको सम्भावना छैन

काठमाडौंमा हुस्सु, तीन दिन ठूलो वर्षाको सम्भावना छैन

मेगा खबर संवाददाता

१२, आश्विन २०८३
  • 262
    SHARES

  • काठमाडौंमा हुस्सु, तीन दिन ठूलो वर्षाको सम्भावना छैन

    काठमाडौं, केही दिनदेखि जारी अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । मौसममा सुधार आएसँगै सोमबार बिहान काठमाडौंमा हुस्सु लागेको छ भने चिसोसमेत बढेको महसुस गरिएको छ ।

    मौसमविद् बिनु महर्जनका अनुसार बिहान काठमाडौं उपत्यकाको भिजिबिलिटी करिब ८ सय मिटर रहेको छ । उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन भएको छ भने दिउँसो तापक्रम २५ देखि २७ डिग्रीसम्म पुग्ने अनुमान छ ।

    महर्जनका अनुसार भारी वर्षा हिजोदेखि नै कम भएको छ। आगामी तीन दिन ठूलो वर्षा गराउने प्रणाली विकास हुने सम्भावना नरहेको उनले बताइन् ।

    हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा क्षणिक र खण्डित वर्षा हुनसक्नेछ । काठमाडौं उपत्यकामा पनि दिउँसो बादल लाग्ने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।

    सोमवार, आश्विन १२ २०८३०७:१२:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार