बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आइतबारदेखि सोह्रश्राद्ध, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

आइतबारदेखि सोह्रश्राद्ध, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

मेगा खबर संवाददाता

११, आश्विन २०८३
  • 418
    SHARES

  • आइतबारदेखि सोह्रश्राद्ध, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

    काठमाडौँ, हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पितृकार्य सोह्रश्राद्ध आइतबारदेखि सुरु हुँदैछ । आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्म चल्ने सोह्रश्राद्ध यस वर्ष आश्विन ११ देखि २४ गतेसम्म हुनेछ ।

    यस अवधिमा दिवंगत आफन्तको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने धार्मिक परम्परा छ । आफ्नो पितृको मृत्यु भएको तिथिमै श्राद्ध गर्ने चलन भए पनि तिथि थाहा नभए औँसीमा श्राद्ध गर्न सकिने मान्यता छ ।

    पञ्चमीमा कुमार अवस्थामा दिवंगत भएकाको, मातृ नवमीमा आमा तथा दिवंगत महिलाको, एकादशी–द्वादशीमा संन्यास लिएका पूर्वजको र चतुर्दशीमा दुर्घटना, डुबेर, आगलागी, चट्याङ वा अन्य असामान्य कारणले मृत्यु भएकाको श्राद्ध गर्ने शास्त्रीय मान्यता छ ।

    सोह्रश्राद्धमा सात्त्विक भोजन गर्ने, मांसाहार त्याग्ने तथा धार्मिक शुद्धता कायम गर्ने परम्परा छ । कुनै कारणले तोकिएको तिथिमा श्राद्ध गर्न नसकिए कार्तिक औँसी वा मंसिरभित्र श्राद्ध गर्न सकिने धार्मिक मान्यता रहेको ज्योतिषी दुर्गा प्रसाद भण्डारी बताउँछन् ।

    आइतवार, आश्विन ११ २०८३०७:५२:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार