बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तराईमा हावाहुरीको ताण्डव, भैरहवामा ६० किलोमिटर प्रतिघण्टाको वेग

तराईमा हावाहुरीको ताण्डव, भैरहवामा ६० किलोमिटर प्रतिघण्टाको वेग

मेगा खबर संवाददाता

११, आश्विन २०८३
  • 121
    SHARES

  • तराईमा हावाहुरीको ताण्डव, भैरहवामा ६० किलोमिटर प्रतिघण्टाको वेग

    काठमाडौँ । मधेशदेखि लुम्बिनी प्रदेशसम्मका तराई भूभागमा शनिबार दिउँसोदेखि तीव्र हावाहुरी चलेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले आज रातिसम्मै हावाको गति बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अहिले सामान्यभन्दा बढी हावा चलिरहेको छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार भैरहवामा केही समयअघि हावाको गति ६० किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो।

    न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै रहेकाले यसको प्रभाव पश्चिमतर्फ थप बढ्ने देखिएको छ। जसका कारण भोलि लुम्बिनीसँगै सुदूरपश्चिम प्रदेशमा समेत हावाको गति बढ्न सक्ने महाशाखाको अनुमान छ।

    हावाहुरीसँगै पश्चिमी भूभागमा वर्षाको गतिविधि पनि बढ्ने सम्भावना छ। पछिल्लो १२ घण्टामा कञ्चनपुरको दोधारामा ६४।६, सुन्दरपुरमा ५६।६, हनुमाननगरमा ५१।४ तथा डडेलधुराको अमरगढीमा ६६ मिलिमिटर वर्षा मापन भएको छ।

    महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा भोलिसम्म वर्षा र हावाहुरीको प्रभाव रहने भए पनि भोलि साँझदेखि मौसम क्रमशः सुधार हुँदै जाने सम्भावना छ।

    आइतवार, आश्विन ११ २०८३०७:३९:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार