बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कृष्णभीरको पहिरो हटाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी चल्न थाल्यो

कृष्णभीरको पहिरो हटाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी चल्न थाल्यो

मेगा खबर संवाददाता

१०, आश्विन २०८३
  • 646
    SHARES

  • कृष्णभीरको पहिरो हटाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी चल्न थाल्यो

    काठमाडौँ, नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि सवारीसाधन सञ्चालनमा आएका छन् । तर सडकखण्डका अन्य ७ स्थानमा अझै पहिरो हटाउने काम जारी रहेकाले यात्रा पूर्ण रूपमा सहज भइसकेको छैन ।

    नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा सडकको भित्तातर्फ खसेको पहिरो हटाएर मुख्य ट्र्याक सञ्चालनमा ल्याइएको हो । पहिरोसँगै सडक छेउको गेबियन वालसमेत खसेको छ । मुख्य सडकभन्दा करिब २ देखि ३ मिटर जमिन बाँकी रहेको र सडकमा ठूला धाँजा नदेखिएकाले तत्कालका लागि सवारी सञ्चालन गर्न सकिने अवस्था रहेको आयोजनाले जनाएको छ । वर्षा जारी रहे थप पहिरो खस्ने वा सडक भासिने जोखिम भने कायमै छ ।

    कृष्णभीरबाहेक पानीधारा,धारापानी,जवां,जलविरे, रोराङलगायतका स्थानमा हेभी मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

    लगातार पानी परिरहेकाले पहिरो हटाउन केही कठिनाइ भइरहेको आयोजनाले जनाएको छ । सबै स्थानको पहिरो पूर्ण रूपमा हटेपछि मात्रै नागढुंगा–मुग्लिन सडकमा निर्बाध आवागमन सञ्चालन हुने बताइएको छ । यात्रु तथा चालकलाई वर्षाका कारण थप जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।

    शनिवार, आश्विन १० २०८३०२:२४:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार