बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाढीको जोखिम बढ्यो, यी जिल्लामा उच्च सतर्कता

बाढीको जोखिम बढ्यो, यी जिल्लामा उच्च सतर्कता

मेगा खबर संवाददाता

९, आश्विन २०८३
  • 328
    SHARES

  • बाढीको जोखिम बढ्यो, यी जिल्लामा उच्च सतर्कता

    काठमाडौँ, देशका प्रमुख नदीमा जलसतह बढ्ने तथा विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    शुक्रबार बिहान जारी विशेष बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कन्काई र कमला तथा तिनका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ। आज र भोलि अधिकांश प्रमुख नदीमा बहाव थप बढ्ने अनुमान छ ।

    आज सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्तीमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

    स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा बढी छ। गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर आसपास उच्च जोखिममा रहेका छन् ।

    महाशाखाका अनुसार भोलि नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, डोटी र डडेल्धुरा लगायतका जिल्लामा पनि स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहनेछ ।

    पर्सि असोज ११ गते पनि सातै प्रदेशका केही स–साना नदीमा बहाव अचानक बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

    825267846_122234115428355476_3571106090668123900_n

    825267899_122234115392355476_5359864696627821229_n

    शुक्रवार, आश्विन ९ २०८३१२:०५:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार