काठमाडौँ, १८ दिनसम्म बन्द भएर भर्खरै सञ्चालनमा आएको पृथ्वी राजमार्गमा फेरि पहिरो खसेको छ । धादिङको कृष्णभिर नजिकै आज बिहान लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।
बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरभन्दा करिब १ सय मिटर अगाडि पहिरो खसेको धादिङ प्रहरीले जनाएको छ। पहिरोका कारण अहिले सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।
यस्तै, सोही गाउँपालिका–९ को ज्यामिरेमा पनि पहिरो खसेको छ । उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले सडकमा थप अवरोध आउन सक्ने जोखिम रहेको छ ।
गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग १८ दिन अवरुद्ध भएको थियो । कृष्णभिरमा नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।