बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, दुई प्रदेशमा हावाहुरीको चेतावनी

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, दुई प्रदेशमा हावाहुरीको चेतावनी

मेगा खबर संवाददाता

८, आश्विन २०८३
  • 376
    SHARES

  • आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, दुई प्रदेशमा हावाहुरीको चेतावनी

    काठमाडौँ,  देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र गहिरो न्यून चापीय क्षेत्रमा परिणत भएको छ। यो प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने अनुमान गरिएको छ ।

    यसको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसोँ कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका धेरै स्थान तथा सुदूरपश्चिमको तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

    कोशी, बागमती र गण्डकीका केही स्थान तथा मधेस र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाँ हुने सम्भावना छ । कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा ँधेरै भारी वर्षाँ समेत हुनसक्ने पूर्वानुमान गरिएको छ। मधेस तथा कोशीका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    आज राति पनि वर्षाको जोखिम कायमै रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ ।

    त्यस्तै, मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका धेरै स्थानमा र सुदूरपश्चिमको तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा मधेसका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ ।

    कोशी र लुम्बिनीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा ँधेरै भारी वर्षाँ तथा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बिहिवार, आश्विन ८ २०८३०७:३१:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार