मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

बंगालको खाडीको प्रणाली बलियो बन्दै, नेपालमा भारी वर्षाको जोखिम

बंगालको खाडीको प्रणाली बलियो बन्दै, नेपालमा भारी वर्षाको जोखिम

मेगा खबर संवाददाता

७, आश्विन २०८३
  • 487
    SHARES

  • बंगालको खाडीको प्रणाली बलियो बन्दै, नेपालमा भारी वर्षाको जोखिम

    काठमाडौं, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै गएपछि नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ। असोज ९ देखि ११ गतेसम्म देशभर वर्षा बढ्न सक्ने र केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।

    हालसम्म यो प्रणाली चक्रवातमा परिणत भइसकेको छैन। तर समुद्रबाट थप जलवाष्प र ऊर्जा प्राप्त गर्दै अघि बढिरहेकाले यसको प्रभाव नेपालसम्म फैलिन सक्ने अनुमान गरिएको छ ।

    मौसमविद्का अनुसार प्रणाली भारत हुँदै नेपालतर्फ आउने क्रममा कमजोर भए पनि लुम्बिनी, गण्डकी र बागमतीका केही क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा हुनसक्ने सम्भावना छ ।

    विशेषगरी तराईमा बाढी तथा डुबान, पहाडमा पहिरो र उच्च हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपातको जोखिम रहेकाले देशभर सतर्कता अपनाउन सुझाव दिइएको छ ।

    काठमाडौं उपत्यकामा समेत लगातार वर्षा भए डुबानको जोखिम बढ्न सक्ने मौसमविद् मदन सिग्देलले बताएका छन्। उनका अनुसार जमिन पहिले नै भिजेको अवस्थामा एकै दिन १०० देखि १५० मिलिमिटर वर्षा हुँदा पनि पहिरो, बाढी र सडक अवरोधको जोखिम उच्च हुन सक्छ ।

    मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म लामो दूरीको यात्रा सकेसम्म नगर्न, विशेषगरी रातिको समयमा यात्रा नगर्न सुझाव दिएका छन्। नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्नेहरूलाई पनि मौसमको आधिकारिक सूचना हेरेर सतर्क रहन आग्रह गरिएको छ ।

    यद्यपि प्रणालीको दिशा र शक्ति अझै परिवर्तन हुनसक्ने भएकाले वर्षाको ठ्याक्कै मात्रा अहिले नै यकिन गर्न कठिन रहेको मौसमविद्हरूको भनाइ छ। सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाभन्दा मौसम विज्ञान विभागको आधिकारिक पूर्वानुमानलाई आधार मान्न उनीहरूले आग्रह गरेका छन् ।

    बुधवार, आश्विन ७ २०८३१२:१०:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार