काठमाडौँ, सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडक निर्माणले गति लिएको छ। अहिले साँगादेखि महादेवखोलासम्मको खण्डमा कालोपत्रे गर्ने काम तीव्र रूपमा भइरहेको छ ।
बनेपा बजार क्षेत्रमा भने पर्खाल, नाली तथा ढल निर्माणको काम अघि बढेको छ। साथै, विभिन्न स्थानमा मिडियन निर्माण र सर्भिस लेनमा बेस तयार गर्ने कामसमेत भइरहेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार आयोजनालाई प्राथमिकतामा राखेर निर्माण कार्यलाई तीव्रता दिन मन्त्रालयले आवश्यक सहजीकरण र नियमित निरीक्षण गरिरहेको छ ।
सडक निर्माणले गति लिएसँगै लामो समयदेखि विस्तारको प्रतीक्षामा रहेको साँगा–धुलिखेल सडकको अवस्था क्रमशः सुधार हुने अपेक्षा गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।