बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित,कहाँ खुल्यो र कहाँ अझै अवरुद्ध ?

बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित,कहाँ खुल्यो र कहाँ अझै अवरुद्ध ?

मेगा खबर संवाददाता

५, आश्विन २०८३
  • 274
    SHARES

  • बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित,कहाँ खुल्यो र कहाँ अझै अवरुद्ध ?

    काठमाडौं, अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गको यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अवस्थाबारे अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।

    कोशी प्रदेशको सङ्खुवासभास्थित मकालु गाउँपालिका–४ को नेता भिरमा पहिरो खसेपछि कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। असोज २ गते बिहान गएको पहिरो अझै हटाउन सकिएको छैन ।

    बागमती प्रदेशमा पनि विभिन्न सडकखण्ड प्रभावित भएका छन्। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति सडक बन्द गर्ने व्यवस्था गरिएको छ  बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्था हेरेर १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइनेछ ।

    रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको घट्टेखोलामा बाढी–पहिरोको जोखिमका कारण टोखा–छहरे सडक रातिको समयमा बन्द गरिएको छ । विदुर नगरपालिका–१० को सिमटारमा बाढी आएपछि पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध बनेको छ ।

    यता धादिङ हुँदै जाने पृथ्वी राजमार्गमा भने पहिरो हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । बेनीघाट रोराङको जवाडखोला र शीतलबजारमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

    अवरुद्ध सडक खुलाउन सडक विभाग र प्रहरी टोली निरन्तर परिचालन गरिएको छ ।

    819088101_1609067743928969_1576631288052151699_n

    सोमवार, आश्विन ५ २०८३०७:३५:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार