बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज पनि वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज पनि वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

मेगा खबर संवाददाता

४, आश्विन २०८३
  • 469
    SHARES

  • आज पनि वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको  छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।

    हाल लुम्बिनीसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली छ । बागमतीका थोरै तथा कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति पनि कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा वर्षाको सम्भावना छ। पहाडी र तराईका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान  छ।

    महाशाखाले वर्षाका कारण सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।

    आइतवार, आश्विन ४ २०८३०७:२६:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार