बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज पनि वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज पनि वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

२, आश्विन २०८३
  • 460
    SHARES

  • आज पनि वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं, देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभर मौसम बदली भएको छ ।

    हाल बागमती र गण्डकीका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्नेछ ।

    कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    राति पनि कोशीसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका केही हिमाली क्षेत्रमा तथा विभिन्न पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    तराईका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

    शुक्रवार, आश्विन २ २०८३०६:५६:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार