काठमाडौं, मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा तथा कर्णालीका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । पहाडी र तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
कोशीको पहाडी तथा तराई भूभाग बागमतीको तराई र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर बदली रहनेछ । कोशी,बागमती र गण्डकीका केही पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ भने अन्य प्रदेशका पहाडी तथा तराई भूभागमा समेत हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।