बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज पनि झरीको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज पनि झरीको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

मेगा खबर संवाददाता

३०, भाद्र २०८३
  • 334
    SHARES

  • आज पनि झरीको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

    काठमाडौँ, मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशभरको मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। यसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। अहिले कोशी, बागमती र लुम्बिनीका थोरै तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

    पहाडी भूभागका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति पनि मौसममा खासै सुधार नहुने देखिएको छ। देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

    तराईतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा मधेस र सुदूरपश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    मंगलवार, भाद्र ३० २०८३०६:५३:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार