बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज देशभर बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना

आज देशभर बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१८, भाद्र २०८३
  • 469
    SHARES

  • आज देशभर बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना

    काठमाडौं, मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा मेघगर्जनसहित वर्षा हुने तथा केही ठाउँमा भारी वर्षाको समेत सम्भावना छ ।

    बिहीबार बिहान कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । सुर्खेतको गोथीकाँडामा पछिल्लो एक घण्टामा २०.८ मिलिमिटर वर्षा मापन भएको छ । रातानाङ्ग्ला र रानीमत्तामा पनि १४–१४ मिलिमिटर वर्षा भएको छ ।

    पछिल्लो २४ घण्टामा कञ्चनपुरको सुन्दरपुरमा सबैभन्दा बढी १००.४ मिलिमिटर वर्षा मापन भएको छ। हनुमान नगरमा ५९.६ र दोधारामा ५१।२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

    दिउँसो कहाँ–कहाँ वर्षा?

    आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    कोशी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ । मधेश र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ ।

    कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राति पनि वर्षाको सम्भावना

    बिहीबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ ।

    कोशी तथा बागमती र गण्डकीका हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।

    वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्नसक्ने भएकाले यात्रा गर्दा र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

    बिहिवार, भाद्र १८ २०८३०६:५१:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार