बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ठूला नदीमा बढ्यो पानीको सतह, तीन नदीले पार गरे सतर्कता तह

ठूला नदीमा बढ्यो पानीको सतह, तीन नदीले पार गरे सतर्कता तह

मेगा खबर संवाददाता

१७, भाद्र २०८३
  • 337
    SHARES

  • ठूला नदीमा बढ्यो पानीको सतह, तीन नदीले पार गरे सतर्कता तह

    काठमाडौँ, देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाको असर ठूला नदीहरूमा देखिन थालेको छ । नदीमा पानीको बहाव बढेसँगै सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका छन् ।

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनमा यी तीनवटै नदीमा पानीको सतह तोकिएको सतर्कता तहभन्दा माथि पुगेको हो ।

    सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको सतह ७ दशमलव ६२ मिटर पुगेको छ। यहाँ ७ दशमलव ५ मिटरलाई सतर्कता तह मानिन्छ। अहिले भने सुनकोशीको बहाव स्थिर रहेको छ ।

    यस्तै, गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीमा पानीको सतह ३ दशमलव ६ मिटर पुगेको छ। आरुघाटमा ३ दशमलव ५ मिटरलाई सतर्कता तह मानिन्छ। पछिल्लो मापनमा बुढीगण्डकीको पानी भने विस्तारै घट्दो क्रममा रहेको छ ।

    उता डडेलधुराको पारीगाउँस्थित महाकाली नदीमा पानीको सतह ६ दशमलव ३७ मिटर पुगेको छ। यहाँको सतर्कता तह ५ दशमलव ८ मिटर हो । महाकालीमा पनि हाल पानीको बहाव स्थिर रहेको महाशाखाले जनाएको छ ।

    नदीमा पानीको सतह बढेपछि तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

    वर्षा जारी रहेमा नदीको जलसतह थप बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई अनावश्यक रूपमा नदी तथा खोलानालाको आसपास नजान र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थान पहिचान गरेर तयारी अवस्थामा रहनसमेत आग्रह गरिएको छ ।

    बुधवार, भाद्र १७ २०८३०७:०९:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार