बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाढीपछि रसुवागढी आयोजनाको सुरुङमा खोजी, अन्तिम बिन्दुसम्म पुग्दा पनि भेटिएनन् मानिस

बाढीपछि रसुवागढी आयोजनाको सुरुङमा खोजी, अन्तिम बिन्दुसम्म पुग्दा पनि भेटिएनन् मानिस

मेगा खबर संवाददाता

१५, भाद्र २०८३
  • 964
    SHARES

  • बाढीपछि रसुवागढी आयोजनाको सुरुङमा खोजी, अन्तिम बिन्दुसम्म पुग्दा पनि भेटिएनन् मानिस

    काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकाले उद्धार टोलीलाई सुरुङको अन्तिम बिन्दुसम्मै पुर्‍यायो । तर, लामो खोजीपछि पनि त्यहाँ कुनै मानवीय उपस्थिति भेटिएन ।

    बाढीले आयोजना क्षेत्रमा क्षति पुर्‍याएपछि सुरुङको भित्री भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएको थियो । त्यसपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोन टोलीसहित उद्धारकर्मीहरू सुरुङभित्र प्रवेश गरेका थिए ।

    टोलीले सुरुङको अन्तिम भागसम्म पुगेर स्थलगत निरीक्षण गर्नुका साथै ड्रोन उडाएर समेत सम्भावित स्थानमा खोजी गरेको थियो। तर, कतै पनि मानिस फसेको वा रहेको संकेत फेला परेन ।

    सुरुङभित्र मानिस नरहेको पुष्टि भएपछि खोजी अभियान टुंग्याइएको छ । त्यसपछि नेपाली सेनाको उद्धार टोली आयोजनास्थलबाट रसुवाको धुन्चे फर्किएको छ ।

    यससँगै बाढीपछि सुरुङभित्र मानिस फसेको हुनसक्ने आशंका तत्कालका लागि टरेको छ ।

    सोमवार, भाद्र १५ २०८३०१:३५:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार