बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रसुवा जाने बाटो खुल्यो, तर यात्रुको सास्ती घटेन

रसुवा जाने बाटो खुल्यो, तर यात्रुको सास्ती घटेन

मेगा खबर संवाददाता

१५, भाद्र २०८३
  • 478
    SHARES

  • रसुवा जाने बाटो खुल्यो, तर यात्रुको सास्ती घटेन

    काठमाडौं, बाढीपहिरोले मुख्य राजमार्ग र पुल बगाएपछि रसुवा जोड्न वैकल्पिक सडक खोलिएको छ । तर साँघुरो र कच्ची बाटोमा सवारी चाप बढ्दा यात्रु तथा राहत बोकेका सवारीसाधनले सास्ती खेपिरहेका छन् ।

    तीन दिनअघि काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडक चार चक्के साना सवारीसाधनका लागि सञ्चालनमा ल्याइएको थियो ।

    तर सडक साँघुरो भएकाले दुईतर्फी सवारी पास हुन कठिन छ । पानी परेपछि कच्ची बाटो हिलाम्ये हुँदा ठाउँ–ठाउँमा गाडी फस्ने गरेका छन् । डोजर पुगेका स्थानमा बाटो खुलाउन सहज भए पनि डोजर नपुगेका ठाउँमा सवारी पास गराउन समस्या छ ।

    यसका कारण राहत सामग्री लिएर रसुवा जाने सवारीसाधन समेत लामो जाममा पर्ने गरेका छन् । मुख्य सडक बन्द भएपछि विकल्पका रूपमा खोलिएको बाटोले गन्तव्य त जोडेको छ,तर सडकको दुरवस्थाले यात्रा भने झन् कष्टकर बनाएको छ ।

    सोमवार, भाद्र १५ २०८३०१:०८:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार