बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चीन–नेपाल सीमामा बनेको तालको जोखिम घट्यो, पानीको सतह निरन्तर घट्दै

चीन–नेपाल सीमामा बनेको तालको जोखिम घट्यो, पानीको सतह निरन्तर घट्दै

मेगा खबर संवाददाता

१३, भाद्र २०८३
  • 520
    SHARES

  • चीन–नेपाल सीमामा बनेको तालको जोखिम घट्यो, पानीको सतह निरन्तर घट्दै

    काठमाडौँ चीन–नेपाल सीमा नजिकै हिमपहिरोपछि बनेको ताल फुटेर थप विपद् निम्तिन सक्ने जोखिम घटेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तालको आकार निरन्तर खुम्चिँदै गएपछि जोखिम कम भएको उनीहरूको भनाइ छ ।

    चीन–नेपाल सीमामा दुई नदीको संगमस्थलमा बनेको उक्त तालबाट पानी विस्तारै बाहिर बगिरहेको छ । भूउपग्रह तस्बिरले पनि जलाशयको क्षेत्रफल घट्दै गएको देखाएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

    चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहान तालको सतहको क्षेत्रफल करिब ९९ हजार वर्गमिटरमा झरेको थियो । अघिल्लो मापनको तुलनामा यो करिब २१ हजार वर्गमिटर कम हो ।

    हिमनदीको लेदो र भग्नावशेष थुप्रिएर बनेको उक्त ताल फुट्दा तल्लो तटीय क्षेत्रमा अर्को ठूलो विपद् आउन सक्ने भन्दै यसअघि विज्ञहरूले चेतावनी दिएका थिए । सम्भावित जोखिमका कारण उद्धार तथा राहत कार्यमा समेत असर पर्न सक्ने बताइएको थियो ।

    तालको अवस्थाबारे थप जानकारी संकलन गर्न चिनियाँ सरकारी टोलीले ड्रोन, पोर्टेबल भूउपग्रह स्टेसन र मोबाइल सर्भिलेन्स क्यामेरासहित १५ जनाको टोली परिचालन गरेको छ ।

    शुक्रबार तालबाट पानी बाहिर बगेपछि केही समय उद्धार कार्य रोकिएको थियो । तर थप मूल्याङ्कनपछि तत्कालका लागि जोखिम नियन्त्रणमा रहेको निष्कर्ष निकालिएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

    शनिवार, भाद्र १३ २०८३०१:५०:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार