बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भोटेकोशी र त्रिशूली बाढी : ३ हजार २ सय ५३ जनाको उद्धार

भोटेकोशी र त्रिशूली बाढी : ३ हजार २ सय ५३ जनाको उद्धार

मेगा खबर संवाददाता

१२, भाद्र २०८३
  • 451
    SHARES

  • भोटेकोशी र त्रिशूली बाढी : ३ हजार २ सय ५३ जनाको उद्धार

    काठमाडौँ, भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित ३ हजार २ सय ५३ जनाको उद्धार गरिएको सरकारले जनाएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार २ सय ५३ जनाको उद्धार गरिएको जानकारी दिएका हुन् ।

    उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ । त्यस्तै,चार वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य आवश्यक सामग्री पठाइएको सरकारले जनाएको छ ।

    प्रवक्ता पोखरेलका अनुसार अहिले सरकारको पहिलो प्राथमिकता प्रभावितको उद्धार र राहत व्यवस्थापनमा छ ।

    शुक्रवार, भाद्र १२ २०८३०१:५८:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार