काठमाडौं, रसुवास्थित नेपाल–चीन सीमा क्षेत्र हुँदै बग्ने भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई तीव्र पारिएको छ ।
नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली बिहीबार बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा परिचालित छन् । टोलीले बाढीमा फसेकाको उद्धार, बेपत्ताको खोजी तथा विस्थापितलाई राहत वितरण गरिरहेको छ ।
नेपाली सेनाका अनुसार स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्रबाट स्वदेशी तथा विदेशी गरी १२० जनाको हवाई उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा सेनाका २ हजार ३५० जनशक्ति परिचालन गरिएको छ ।
यस्तै, राहत सामग्री बोकेका चार सटल टिमिमुरे पुगिसकेका छन् । घाइतेको उपचारका लागि मेडिकल टोलीसमेत थप गरिएको छ भने त्रिशूली क्षेत्रमा उपचार सेवा सञ्चालन भइरहेको सेनाले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।